Fri Jan 21 2022
मुख्य खबर

हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ : अध्यक्ष माधवकुमार नेपाल

दमौली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आफ्नो पार्टी तारा जस्तै चम्किने दावी गर्नुभएको छ ।

आज तनुहँको दमौलीमा तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू र आफ्नो पार्टीले इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो।

साथै उहाँले एकीकृत समाजवादी पार्टी गठन भएसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताउनुभयो ।

“इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्”,उहाँले भन्नुभयो, “हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।”