Thu Jan 27 2022
समाचार

कोइला बालेर सुतेका २९ वर्षीय पुरुषको मृत्यु

दाङ । दाङमा कोईला बालेर सुतेका एक व्यक्तिको मृत्यु भएको छ। झ्याल ढोका थुनेर कोईला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ बर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति श्रीमान–श्रीमती कोईला बालेर सुतेकामा विहान ४ बजेतिर उठ्ने बेलामा कुसुमको मृत्यु भइसकेको प्रहरीले बताएको छ।

श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ। अहिले उनको अबस्था सामान्य छ।