Thu Jan 20 2022
मुख्य खबर

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित

शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो ।

तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको थियो ।

चुनावी कार्यक्रम स्थगित गरेर आइतबार बन्दसत्रमा सहमतिकै आधारमा केन्द्रीय सदस्यहरुको नामावली घोषणाको तयारी भएको जनाइएको छ। समावेशी सिद्धान्तअनुसार २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ । त्यसमध्येबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरो बनाइने छ ।