Sun Jan 16 2022
समाचार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

काठमाडौं । दाङको राप्ती गाउँपालिका–५, लठुवामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

लु१ख ९६४७ नम्बरको मिनिट्रकले गए राति करिब १० बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको प्रहरीचौकी सिसहनियाले जनाएको छ ।