Mon Aug 8 2022
मुख्य खबर

माओवादी केन्द्रको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो ।

यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्दै आएको छ । आगामी बैठक पुस २२ गते बस्ने छ ।