जोडिनुहोस
  • होमपेज
  • काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको नमुना संयुक्त राष्ट्र संघ हुँदै

काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको नमुना संयुक्त राष्ट्र संघ हुँदै

वैचारिक युवा समाजद्वारा आयोजित एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (EIMUN २०२३) संयुक्त राष्ट्र संघको एउटा नमुना महासभा हो जसले विश्वका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दाहरू र घटनाहरूबारे छलफल गर्न अवसर प्रदान गर्दछ। यो महासभा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो जसको मूल उधेश्य सहभागीहरूमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीपहरू वृद्धि गर्नेमा केन्द्रित छ। त्यसैगरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ EIMUN अघि बढ्दै आएको छ।

सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ- EIMUN बाट आफ्नो यात्रा सुरु गरेको थियो। यस वर्षको सबैभन्दा प्रतिक्षित र भव्य नमुना संयुक्त राष्ट्र संघ, EIMUN को ८ औ संस्करण पाँच दिन लामो सम्मेलन हुनेछ। यो सम्मेलन यहि वर्ष २०२३ को १० जुलाईदेखि – १४ जुलाईसम्म काठमाडौं, नेपालमा आयोजना हुनेछ।

सम्मेलनमा दक्षिण र मध्य एसिया र त्यसभन्दा बाहिरका प्रतिनिधिहरु साथै अन्तर्राष्ट्रिय प्रेस र आयोजक समिति सहित २०० जना सहभागी हुनेछन्। विभिन्न नमुना संयुक्त राष्ट्र संघ अभिमुखीकरण, तालिम र कार्यशालाहरूको सफल समापनसँगै नेपालका सात प्रदेशहरूमा प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनहरूको शृङ्खला आयोजना गरेसहित, EIMUN २०२३ ले विश्वभरका युवाहरूको सुद्रिद नेटवर्कहरू सिर्जना गर्ने लक्ष्य राखेको छ। यस सन्दर्भमा वैचारिक युवा समाजले प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनमार्फत यस वर्ष ५०० जना यूवावर्गलाई प्रत्यक्ष रुपमा र १५०० जना युवावर्गलाइ अप्रतक्ष्य रूपमा सशक्त बनाउन सफल भएको छ।

यस कार्यक्रमको थप जानकारी तपाइले वैचारिक युवा समाजको सामाजिक संजाल र EIMUN को वेबसाइट eimun.global मार्फत पाउन सक्नूहुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका