Wed Jan 19 2022
मुख्य खबर

पाल्पामा मलामी बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

पाल्पा । बुटवलबाट पाल्पाको रिडीतर्फ मलामी बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

बसमा ३५ जनाभन्दा धेरै मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।