Thu Jan 20 2022
देश

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ ।

यो बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् ।

सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

पहिला केन्द्रीय कमिटी घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएकाले नेतृत्वले त्यसै अनुसारको तयारी गरिरहेको स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले बताएका छन ।

माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।