Sat Jan 22 2022
आर्थिक

सुनको मूल्य तोलामा ७ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

घिल्लो दिन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।