Wed Jan 26 2022
देश

सौर्य एयरलाइन्सका विराटनगर शाखाका स्टेशन इन्चार्ज पक्राउ

काठमाडौं । सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा इन्चार्ज पौडेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ ।

यसअघि शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू–२४ मा काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।

पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पक्राउ परेका हुन् ।

प्रहरी अनुसन्धानमा उक्त रकम पौडेलले पठाएको खुलेपछि आइतबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।