Tue Jan 18 2022
देश

प्रधानमन्त्री पत्नी आरजु राणा र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी छन् ।

भारत भ्रमणमा रहेकी देउवा र आफूबीच भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी गराएकी छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् ।

यसअघि गत भदौमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी बाँधिदिएकी थिइन् ।