जोडिनुहोस
  • होमपेज
  • सडक दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउन थालेपछि ओलीले भने- अनुसन्धान जरुरी देखियो

सडक दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउन थालेपछि ओलीले भने- अनुसन्धान जरुरी देखियो

काठमाडौं । दैनिक रूपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् ।

दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् ।

‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका