Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

खराब मौसम र कोरोनाका कारण विश्वभर एकैदिन ४ हजार ४ सय उडान रद्द

काठमाडौं । खराब मौसम र कर्मचारीहरु कोरोना संक्रमित भएका कारण शनिबार एकैदिन बिश्वभर ४४ सय हवाई उडान रद्द भएका छन् ।

जसमध्ये अमेरिकामा मात्रै २५ सय उडान रद्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

विभिन्न बिमान कम्पनीका चालक दलका सदस्य सहित अन्य कर्मचारीहरु कोरोना संक्रमित भएका कारण कर्मचारी अभावका कारण उडानहरु रद्द भएको बताईएको छ ।

त्यस्तै, अमेरिकाका विभिन्न स्थानमा भएको भारी हिमपातले पनि उडानहरु रद्द भएका हुन ।

उडान रद्द भएपछि नयाँ बर्ष र क्रिसमस मनाउन बिभिन्न मुलुकको भ्रमणमा गएकाहरु बिमानस्थलमा अलपत्र परेका छन् । गत डिसेम्बर २४ देखि हालसम्म १२ हजार उडानहरु रद्द भइसकेका छन् ।

बिमान कम्पनीका कर्मचारीहरुलाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण भएका कारण आइसोलेशनमा रहेको बिमान कम्पनीहरुले जनाएका छन् ।