पाल्पा । बुटवलबाट शव बोकेर पाल्पाको रिडी अत्येष्टीका लागि जान लागेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटनामा परेको छ ।
तानसेन–तम्घास सडकखण्डको लघुवामा लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो दुर्घटनामा परी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अर्घाखाँची मलारानी स्थायी घर भई बुटवल बुद्धनगरमा बस्दै आएका व्यक्तिको शव दहासंस्कारका लागि रिडी लैजान लागिएको थियो ।
दुर्घटनामा परी घाइते भएका ७ जनाको उपचार भैरहेको छ ।