जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरेपछि सूचना टाँसेर संसद बैठक स्थगित

प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरेपछि सूचना टाँसेर संसद बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा सदन अवरोध खोल्न एमाले तयार भएको थियो ।

प्रधानमन्त्रीको वक्तव्यका लागि समय आवश्यक भएकाले सभामुखलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेर सूचना टाँस गरी बैठक स्थगित भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य फिर्ता लिन एमाले अध्यक्ष ओलीले भनेपछि प्रधानमन्त्रीले आज गर्ने भनिएको सम्बोधन रोकिएको हो । सो वक्तव्यमा एमालेमाथि लान्छाना लगाइएकाले फिर्ता लिनुपर्ने अडान छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरु बैठक रोक्ने पक्षमा नरहेको भन्दै प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरेर रोक्न लगाएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका