Tue Jan 18 2022
मुख्य खबर

थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ९ सय ६२ जनाको पीसीआर परीक्षणमा २ सय १३ र १ हजार ६ सय ६९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या २ पुगेको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २०९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले सम्म निको हुने दर ९८ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ९६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ८ लाख १२ हजार ४ सय १९ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ९७१ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेका छन् ।