जोडिनुहोस
  • होमपेज
  • मतदानको दिन भन्दा अगाडि पनि मतदान गर्न पाइने व्यवस्था प्रस्ताव

मतदानको दिन भन्दा अगाडि पनि मतदान गर्न पाइने व्यवस्था प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले मतदानको दिन भन्दा अगाडि पनि मतदान गर्न पाइने व्यवस्था गर्न प्रस्ताव गरेको छ । आयोगले तयार पारेको ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक’को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

मस्यौदाको दफा ९९ मा अग्रिम मतदानको व्यवस्था गरिएको हो । जसमा प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तरगत निर्वाचन कार्यमा खटिएका कर्मचारी वा सुरक्षाकर्मी, मतदान हुने दिन निर्वाचनका लागि मतदान हुने दिन निर्वाचन पर्यवेक्षण गर्न जाने निर्वाचन पर्यवेक्षकले अग्रिम मतदान गर्न पाउने व्यवस्था गरिएको हो ।

यस्तै मतदान हुने दिन वा त्यस भन्दा अघिदेखि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाता, कुनै व्यापार, व्यवसाय, रोजगार वा स्वास्थ्योपचारका कारणले आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित भई मतदान गर्न नपाउने मतदाताले अग्रिम मतदान गर्न पाउने व्यवस्था गरिएको हो ।

तर, मतदाताले तोकिए बमोजिमको ढाँचामा कारण खुलाई अग्रीम मतदान गर्न आयोगमा निवेदन दिनुपर्नेछ । निवेदन उचित ठानेमा आयोगले त्यस्ता मतदातालाई आयोगले निर्धारण गरेको मतदान केन्द्रमा अग्रीम मतदान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका