जोडिनुहोस
  • होमपेज
  • सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्‍की ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ ।

महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो ।

महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ही नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका