जोडिनुहोस
  • होमपेज
  • ललिता निवास प्रकरणमा सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै

ललिता निवास प्रकरणमा सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन् । आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तीन जनालाई पक्राउ गरेसँगै सो प्रकरणमा पक्राउ हुनेको संख्या १२ पुगेको छ ।

आइतबार पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुवप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । घिमिरेलाई भक्तपुर र अर्याललाई कलंकीबाट र राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यो प्रकरणमा यसअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, घमनकुमार कार्की, बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन गरी नौ जना पक्राउ परेका थिए ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ । चारपटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चारवटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ । सीआईबीले भने ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउँदै अनुसन्धान अघि बढाएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका