Fri Jan 21 2022
अन्तर्राष्ट्रिय

सुडानमा सत्तापलटको हप्तौपछि प्रधानमन्त्री हमदोकले दिए राजीनामा

काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले सेनाका साथ एक विवादास्पद समझौतापछि राजीनामाको घोषणा गरेका छन्।

सुडानको सेनाले गत वर्षको अक्टोबर महिनामा सत्तामा कब्जा लिएको थियो र हमदोकलाई नजरबन्दमा लिएको थियो।

तर यस सत्तापलटपछि प्रधानमन्त्री हमदोक र सेनाबीच सत्ता साझेदारीलाई लिएर सम्झौता भयो। त्यसपछि उनलाई सेनाले प्रधानमन्त्रीमा बहाल गरेको थियो।

यस सम्झौता र सेनाको हस्तक्षेपलाई लिएर मानिसहरुले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीले सेना र नेताबीच भएको यस सम्झौताको खारेजीको माग गर्दै देशमा नागरिक शासन लागूको माग गरिरहेका छन्।

अब्दुल्ला हमदोकले राजीनामा दिएको दोस्रो दिन पनि प्रदर्शन भए। जसमा कम्तिमा पनि दुई जना मानरिएका छन्।

एक टेलिभिजन सम्बोधनमा हमदोकले सुडान एक यस्तो खतरनाक मोडमा थियो जसका कारण यस देशको पूरै अस्तित्वनै खतरामा पुगेको बताएका छन्।

उनले बर्बादीलाई रोक्नका लागि आफूले पूरै प्रयास गरेको तर सहमति पछि यस्तो हुन नसकेको दाबी गरेका छन्।