Mon Jan 17 2022
आर्थिक

सुन मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ ३ सय रुपैँयाले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा पाँच रुपैयाँले मात्र घट्दै आज एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।