Fri Jan 21 2022
Breaking News

रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

काठमाठौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ ।

देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो ।

पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।

यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।

उनले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए ।