राष्ट्रियसभा सदस्य उम्मेदवारमा काँग्रेसभित्र भागबण्डा टुंगाइयो, शेखर पक्ष दुई सिटमा सीमित
काठमाडौं । नेपाली काँग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डा आज टुंगाइएको छ ।
काँग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको हो ।
जसअनुसार देउवा पक्षका ४ उम्मेदवार रहेका छन् भने शेखर कोइराला पक्षका दुई जनामै सीमित रहेका छन् ।
सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा काँग्रेसले ६ जना उम्मेदवार उठाउने गरी भागबण्डा भएकामा काँग्रेसभित्र पनि गुटगत भागबण्डा भएको हो ।
प्रदेश देश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसअनुसार मिश्र र पन्त मात्रै शेखर पक्षका हुन् । जसका पन्त सहमहामन्त्रीमा पराजित बनेकी थिइन् भने मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए ।
आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटमा चुनाव हुँदैछ ।