काठमाडौँ । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
केही बेर अघि नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।
बैठकको सुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति सम्मान गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
बैठकमा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पदाधिकारी निर्वाचनबारे छलफल गर्ने बताइएको छ ।
यस्तै, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि केही नेताको नाम समानुपातिक तर्फको बन्दसत्रबाट हटाउने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने एजेण्डा छ ।