Sun Jan 16 2022
Breaking News

राष्ट्रिय सभाका लागि एसले छान्यो ५ उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभाका लागि नेकपा (एकीकृत समाजवादी)ले ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमार साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।