Thu Oct 6 2022
देश

राष्ट्रियसभाका लागि एमालेले लगायो १९ उम्मेदवारको टुङ्गो (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले १९ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।

वागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार सुदुरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ ।

माघ १२ गते हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ ।

यसअघि एमालेले जितेका ८ सीटहरु

१-सुमनराज प्याकुरेल प्रदेश २

२-रामलखन चमार लुम्विनी

३- परशुराम मेघी गुरुङ, प्रदेश १

४-नैनकला ओझा प्रदेश १

५-चक्र प्रसाद स्नेही, सुदुरपश्चिम

६-कोमल वली लुम्विनी

७-कविता वोगटी, कर्णाली

८-अगमप्रसाद वान्तवा प्रदेश १