Sun Jan 16 2022
देश

कमजोर बालबालिकाको लागि खुल्यो किवानिज इण्टरनेशनल क्लव अफ पाटन

काठमाडौं । बालबालिकाको क्षेत्रमा केहि गरौँ भन्ने उदेश्य साथ किवानिज इण्टरनेशनल क्लव अफ पाटन खुलेको छ ।

आरोहणको क्रममा हिमाली क्षेत्रका अभिभावकको आयश्रोतको कमिले गर्दा बालबालिकाको लागि शैक्षिक सामाग्री जुटाउन नसक्ने अवस्था देखिएपछि यो क्लब खोलिएको हो ।

यस्तै अभिभावकको आयश्रोत र आर्थिक अवस्था कमजोर भएका र दिर्घरोगीहरुको लागि उपचारसहित पढाई सहयोग गर्ने यो क्लवको उदेश्य हो ।

यो क्लवले गत शनिबार संस्थागत समिती बनाई अध्यक्षमा आरोहि प्रकाशराज पाण्डेलाई चुनेको छ ।

अध्यक्ष पाण्डे आमादव्लम, मनासलु र सगरमाथाका साथै विभिन्न ६वटा हिमाल सफलतापूर्वक आरोहण गरि सकेका छन् ।

आयश्रोतको कमिले गर्दा वालवालिकाको लागि शैक्षिक सामाग्रि जुटाउन नसक्ने अवस्था देखेकाले यस्ता वाल वालिकाकोलागि किवानिज मार्फत केहि गर्ने उदेश्य रहेको अध्यक्ष पाण्डेले बताए ।