Thu Jan 20 2022
देश

माओवादी बैठक पुस २५ गते बस्नेगरी स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ ।

बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको हो ।

आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो ।

ललितपुरको सानेपामा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए ।

लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो ।

विशेषगरी महासचिवमा सहमति नजुट्दा आज पदाधिकारी चयन हुन नसकेको बताइएको छ ।

माओवादीमा पदाधिकारीको आकांक्षी धेरै भएपनि सन्तुलन मिलाउन सकस देखिएको छ ।