Sat Jan 22 2022
Uncategorized

थप ३२६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्‍यु भएको छ ।

९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र २ हजार ७ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

२५५ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९८ हजार ५५७ पुगेको छ । मृत्‍यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ भने ८ लाख १२ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन् । जसमध्ये ४ हजार ७५३ जना होम आइसोलेसनमा रहेका छन् भने २५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३ जना कोरोना संक्रमित थपिएका छन् ।