जोडिनुहोस
  • होमपेज
  • बैतडीमा बस दुर्घटना : १ जनाको मृत्यु, ३९ जना घाइते

बैतडीमा बस दुर्घटना : १ जनाको मृत्यु, ३९ जना घाइते

बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का उमेश भण्डारी रहेका छन् । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिका–३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो । दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमान्डमा टोली खटिएको छ ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्‍याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले जानकारी दिए ।

१६ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका