Sun Jan 16 2022
समाचार

प्रधानमन्त्री देउवा आज धरान जाँदै

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरान जाने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा आज बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम तय भएको हो। ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम तय भएको छ।

धरान उपमहानगर स्थापनाको अवसरमा आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ।

प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आज दिनभर धरानमा रहने कार्यक्रम रहेको छ ।