Tue Jan 18 2022
समाचार

तराईमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

काठमाडौँ । बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।

तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ ।

हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । केही विद्यालयले जाडो बिदासमेत दिन थालेका छन् ।

चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ । आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।