Mon Jan 24 2022
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित

काठमाडौं । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका छन् ।

कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले ‘हल्का लक्षण देखिएको र अहिले ‘हाेम आइसोलेशन’ मा बसेको बताएका छन् ।

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

भारतमा कोरोना संक्रमण फैलिदो क्रममा छ ।