Mon Jan 24 2022
समाचार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् । बाग्मती प्रदेश ०२-०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट-गौशाला सडकखण्डको पिंगलास्थानमा सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो ।