Tue Jan 18 2022
मुख्य खबर

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरूसँगको छलफलपछि उम्मेदवारको नाम टुंगो लगाएका हुन्।

माओवादी केन्द्रमा प्रदेश २ उर्मिला अर्याल, गण्डकीमा अन्यबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार चयन भएका छन्।

यस्तै कर्णालीमा अपांगबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलितबाट जगत पार्की उम्मेदवार बन्ने भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारि दिए।

सोमबार बसेको माओवादीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो।