Wed Jan 19 2022
समाचार

माओवादी नेता वर्षमान पुन ९८ दिनपछि डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तीन महिना भन्दा लामो अवधि स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएका छन् ।

९८ दिनपछि पुन आज चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएको अनेरास्ववियू क्रान्तिकारीका नेता दिपेश पुनले बताएका छन् ।

जण्डिस संक्रमणका कारण पुन थाइल्याण्डमा उपचारका लागि गएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्सबाट चीन लगिएको थियो । उनी तीन दिनपछि नेपाल आउने बताइएको छ ।