जोडिनुहोस
  • होमपेज
  • आज पनि सुनचाँदीको मूल्य स्थिर

आज पनि सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।

यो साताको आइतार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका