Sun Jan 16 2022
मुख्य खबर

सरकारी जग्गमा ब्यापारीको मनोमानी, नक्सा पास नै नगरी भवन निर्माण गरिदै

काठमाडौं – नारायणहिटी दरबार संग्राहालयभित्रै रेस्टुरेन्ट खुल्ने भएको छ । बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएको हो ।

ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइपछि त्यहाँ विभिन्न स्थायी संरचना बनिरहेका छन् । यद्यपी तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।

बतासले हाल पशुपति क्षेत्र विकास कोष अन्तरगतको धर्मशालाभित्र पनि होटल सञ्चालन गरिरहेको छ । यस्तै, बतासको व्यापार पाटन संग्रहालय विकास समितिमा पनि लामै छ ।

बोधपाटी १५ वर्षका लागि लिज भाडामा लिएर बतासले व्यापार गरिरहेको छ । सोही समूहले पशुपतिको धर्मशालामा पनि व्यापार गरिरहेको हो ।

१९ रोपनी जग्गामा बनेको चार सय बेड क्षमताको पशुपति धर्मशालालाई सस्तोमा लिएर कम्पनीले होटल मात्र होइन आफ्नो केन्द्रीय कार्यालय समेत राख्न भ्याएको छ ।

पाटन संग्रालय, पशुपति धर्मशाला हुँदै बतासले संग्राहालयभित्रै पनि रजाई गर्न लागेको हो । यद्यपी यसका लागि काठमाडौं महानगरपालिकासँग अनुमति भने लिइएको छैन ।

संग्राहलयभित्रै व्यापार गर्नुले राजनितिक सेटिङ र समर्थनमा बतासले रेस्टुरेन्ट सञ्चालनलाई तिव्रता दिएको बुझ्न सकिन्छ । अबको केही हप्ताभित्रै सञ्चालनमा ल्याउने तयारी गरिरहेको रेस्टुरेन्टमा दरबार हेर्न र घुम्न जानेहरुले पनि सहजै प्रवेश पाउने जनाइएको छ ।