Thu Jan 27 2022
खेलकुद

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी सहभागी भएका छन् ।

आइतबारदेखि शुरु गरिएको बन्द प्रशिक्षण भए पनि आजदेखि औपचारिकरुपमा खेलाडीहरु सहभागी भएका हुन् ।

क्यानले आसन्न टी २० विश्वकप छनोटका लागि ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

तर क्यानले चार जना खेलाडीको विवादका कारण धेरै खेलाडीनै क्याम्पमा नपुग्दा बन्द प्रशिक्षण औपचारिकतामा मात्रै सिमित भएको थियो । सोमबार त्रिवि क्रिकेट मैदानमा सामान्य अभ्यास गरेको थियो ।

क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो ।

अहिले क्यान र खेलाडीबीच सहमति भएपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने वातावरण बनेको हो ।

आजको बन्द प्रशिक्षणमा सागर ढकाल र सन्दीप लामिछाने बाहेक २८ जना खेलाडी सहभागी भएका छन् । ढकाल विरामी भएकाले उपस्थित नहुने भएका हुन भने नेपाली टिमका नवनियुक्त कप्तान लामिछाने अहिले बिग ब्यास लिगका लागि अस्ट्रेलियामा रहेका छन् ।