जोडिनुहोस
  • होमपेज
  • नेपाली टोली बंगलादेश प्रस्थान

नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । दुई मैत्रीपुर्ण खेलका लागि ३१ सदस्यीय टोली आज बंगलादेश लागेको हो ।

नेपालले बंगलादेशसँगको मैत्रीपुर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । बंगलादेशको ढाकामा पहिलो मैत्रीपुर्ण खेल बिहिबार र दोस्रो खेल आइतबार हुनेछ ।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा रहेको छ ।

महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका