Mon Jan 17 2022
देश

कपिलवस्तुमा ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु, चार जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजे लु ४ त २४०२ नम्बरको ट्याक्टर बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।