जोडिनुहोस
  • होमपेज
  • मनाङ एयर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

मनाङ एयर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

मनाङ एयरको एन–एएमभी हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका