Fri Jan 28 2022
समाचार

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उम्मेदवारहरूको टुंगो लगाएका हुन् । माओवादीले पाँच जना उम्मेदवार उठाउने भएको छ ।

माओवादी केन्द्रीय समितिको सोमबार बसेको बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई अधिकार दिएको थियो । सत्तारूढ गठबन्धनले रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका थिए ।

गण्डकीको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट, प्रदेश नम्बर २ महिलामा उर्मिला अर्याल र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाउने माओवादीले निर्णय गरेको छ ।