जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।

आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले थाहाखबरलाई भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्। उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका