एजेन्सी । आज अर्थात् मंगलबार (४ जनवरी) दिउँसो ११ बजेर ५४ मिनेटमा हाम्रो पृथ्वी यो वर्ष सूर्यको सबैभन्दा नजिक भएको छ ।
यो दुरी छोटिएर १४ करोड ७१ लाख ५ हजार ५२ किमीमा पुगेको थियो ।
विज्ञानमा यो सिद्धान्तलाई पेरिहिलियन अर्थात् सूर्य समिपक भनिन्छ । ६ महिनापछि २०२२ को जुलाई ४ मा पृथ्वी यो वर्षको सबैभन्दा पर पुग्ने छ ।
त्यतिबेला यो दुरी १५ करोड २० लाख ९८ हजार ४ सय ५५ किलोमीटरमा हुनेछ । यो सिद्धान्तलाई एपहिलियन भनिन्छ ।