Thu Jan 20 2022
मुख्य खबर

दुर्घटनामा घाइतेको सेनाद्वारा उद्धार

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।