Wed Aug 10 2022
देश

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाद्वारा चार जनाको उद्धार

धादिङ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा स्कोरपियो जिप दुर्घटना भएको छ ।

तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।