Mon Jan 17 2022
देश

ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर प्रधानमन्त्री देउवा धरान घुमे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् ।

मंगलबार काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका(६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर उद्घाटन गरेका हुन् ।

त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर धरान घुमेका थिए ।