Wed Jan 19 2022
Breaking News

थप ३९३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३ जना संक्रमितको ज्यान गएको छ ।

२६३ जना संक्रमणमुक्त भएका छन् ।

९ हजार ३२९ जनाको स्याम्पल परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ ।

देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।