जोडिनुहोस
  • होमपेज
  • सशस्त्र ‘जनयुद्ध’मा सीताले यसरी जोगाएकी थिइन् प्रचण्डलाई

सशस्त्र ‘जनयुद्ध’मा सीताले यसरी जोगाएकी थिइन् प्रचण्डलाई

काठमाडौं । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् ।

१५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवन’ खुलेर बोलेकी थिइन् । यो अन्तर्वार्तापछि ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो ।

‘जनयुद्ध’ ताका नेपालमा र भारतमा आफूले प्रचण्डलाई कसरी सुरक्षित गराएको जस्ता घटना पनि उनले अन्तर्वार्तामा सम्झिएकी छन् ।

‘त्यस्ता घटना त धेरै छन् । ठ्याक्कै मेरो बलले उनलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं । रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौं । एउटाको टाउको अर्कोको खुट्टायता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उनले हाम्रो ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो । मैले दिल्लीमा नै उनलाई भनेकी थिएँ, ‘अहिले किताब नलैजाऔं । हाम्रो स्टाफपछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उनले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उनले रेलमा ती सबै सामान सिरानीमा हालेर बसेकी थिइन् । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका